विश्वमा एकैदिन ४ लाख ७६ हजार बढी नयाँ संक्रमित थपिए

काठमाडौं – विश्वमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टी भएको तथ्यांक सार्वजनिक भएको छ ।

पछिल्लो तथ्यांकअनुसार २४ घन्टामा ४ लाख ७६ हजार ४ सय ९८ जना नयाँ संक्रमित देखिएका छन् । जुन संख्या अहिलेसम्मधै धेरै संख्या रहेको बताइएको छ । यससँगै हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड १९ लाख ६५ हजार ९ सय ५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ४ सय ५० जनाको कोरोनाका कारण मृत्युभएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ४२ हजार १ सय ४७ पुगेको छ ।

हालसम्म विश्वमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ११ लाख ७६ हजार ३ सय १८ पुगेका छन् भने सक्रिय संक्रमितको संख्या ९६ लाख ४७ हजार ४ सय ८८ पुगेको छ ।