दुर्गा पूजा पंडालमा सोनूको मूर्ति

  •  
  •  
  •  
  •  
  • 9
  •  
    9
    Shares

कोलकाता(एजेन्सी)– पश्चिम बंगालको राजधानीमा कोलकातामा एक दुर्गा पूजा समितिले आफ्नो पूजा पंडालमा बलिउड अभिनेता सोनू सूदको मूर्ति लगाएको छ । समितिले यसपटक आफ्नो पंडालको थीम ‘प्रवासी मजदुर’ बनाएको छ । पंडालमा लकडाउनको समयमा कैयौं किसिमको समस्या झेलेका प्रवासी मजदुरको पीडालाई वर्णन गर्ने कोशिस गरिएको छ ।

कोरोना संक्रमणलाई रोक्नका लागि भारत सरकारले देशभर लकडाउन गरेको थियो । जसकारण देशका अधिकांश भागमा प्रवासी मजदुरले निकै समस्या खेप्नु परेको थियो । देशमा जब यातायातका सबै साधनहरु बन्द भए, त्यही समयमा अभिनेता सोनू सूदले आफ्नो गाउँघर फर्किएरहेका प्रवासी मजदुरलाई निकै ठूलो सहयोग गरेका थिए । जसकारण उनी मजदुरको मसीहा बने । त्यहीकारण दुर्गा पूजा समितिले उनको सम्मान गर्दै पूजा पण्डालमा सोनू सूदको मूर्तिलाई विशेष स्थान दिएको हो ।

कोलकातामा प्रफुल्ल कानन वेलफेयर एसोसिएसनका सदस्य श्रींजय दत्ताले आम मानिसलाई अत्यावश्यक मानिसहरुको सहयोग गर्नका लागि प्रेरणा मिलोस् भन्ने सोनूको मूर्ति स्थापना गरेको बताए । लकडाउन पछि अभिनेता सोनूले गरिब व्यक्तिको दिलोज्यान दिएर मद्दत गरेका थिए ।


  •  
  •  
  •  
  •  
  • 9
  •  
    9
    Shares