जुगेडामा हत्या गरिएका दुवै प्रहरीलाई प्रदेश सरकारले २/२ लाख दिने

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारले असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदका परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ। बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले दुवै परिवारलाई २/२ लाख दिने निर्णय गरेको हो।

बैठकले तत्काल परिवारका सदस्यलाई १ /१ लाख र बाँकी एक लाख रुपैयाँ सन्तानका लागि मुद्धती खातामा जम्मा गरिदिने निर्णय गरेको छ।

तस्करीलाई नियन्त्रण लिने क्रममा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज (असइ) गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या गरिएको थियो।