जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

  • 18
    Shares

काठमाडौं – इलाका प्रहरी कार्यालयको अनारमनीबाट खटिएको एक टोलीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–२ लालमाटी बस्ने २५ वर्षीय  रतन राजबंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित बाँसघारीमा लगेर मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–१३ कवडहल बस्ने ३२ वर्षीय विष्णुदेव राउतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । काकाको घर जनकपुर आएको अवस्थामा राउतले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका–३ बक्थलवा बस्ने ५० वर्षीय भोला सदालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही ठाउँस्थित धान खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  • 18
    Shares