निशानमोटर्सको निशान म्यागनाइट एसयुभी सार्वजनिक

  • 8
    Shares

काठमाडौं – निशान मोटर्सको बि–एसयुभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापी रुपमा सार्वजनिक भएको छ ।

सोमबार निशान मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले बहुप्रतिक्षित बिग, बोल्ड, ब्युटिफुल बि–एसयुभी म्यागनाइट अनलाइनमार्फत विश्वव्यापी रुपमा सार्वजनिक भएको जानकारी गरेको हो ।   बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लन्च गर्ने पूर्वतयारी सुरु गरेको जनाएको छ । 

बिक्रेताका अनुसार बि–एसयुभीमा स्पोर्टी लुक्ससहित एलइडी हेडल्याम्प, एलइडी डिआरएल, फ्लोटिङ रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्परजस्ता विशेषताहरु समावेश गरिएका छन् । यस्तैगरी निशान म्यागनाइट १ लिटर पेट्रोल इन्जिनको दुईवटा भेरियन्टमा उपलब्ध हुने जसमा नेचुरली एसपिरेटेड इन्जिन र टर्बाेचाज्र्ड इन्जिन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार निशान म्यागनाइटमा ८ इन्चफुल फ्लस टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्च टि.एफ.टी. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत विभिन्न फिचरहरु पनि उपलब्ध रहेको छ । मूल्यको आधारमा उक्त गाडी एकदम उचित र प्रिमियम रहेका साथै अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा कम्पनीले गरेको  छ ।


  • 8
    Shares