बैंक अफ काठमाण्डूको डिजिटल दक्षिणामा नगद उपहार

काठमाडाैं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न दूरी कम गर्दै बिओके स्मार्टमार्फत हिन्दूहरुको चाड बडादसैँको उपलक्ष्यमा हर्षोल्लासका साथ बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा ‘तीनमा तीन सय’ दिने योजना बुधबार विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

साधारणतया बडा दसैंमा आफ्नो मान्यजनहरुबाट आशिर्वाद लिई दक्षिणा स्वरुप पैसा लिने÷दिने चलन चल्दै आएकोमा व्यक्तिगत दूरी राख्न सहयोग पुग्ने हेतुले बैंकले तीनमा तीन सय नगद उपहार दिने योजना अगाडि ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको ग्राहकहरुले तीनपटक भिन्न–भिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सो भन्दा बढी भएमा ३ सय नगद उपहार पाउनेछन् ।

उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सर्तहरु पालना गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले मोबाइल बैंकिङको प्रयोग गरी कम्तीमा तीनपटक रकमान्तर गर्नुपर्ने, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्ने, उक्त डिजिटल दक्षिणामा कारोबार गर्दा १ हजार वा सो भन्दा बढी हुनुपर्ने र दक्षिणा दि“दा बैंकको मोबाइल बैंकिङमा भएको फोन पेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ ।

कारोबारको विवरणमा ‘दक्षिणा’ राख्नु पर्नेछ र उक्त योजनामा सहभागी हुन ग्राहकहरुले विजय दशमीको दिनबाट रकमान्तर गर्नु पर्ने बैंकले जनाएको छ । भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ०७७ को बडादसैै“मा व्यक्तिगत दूरी कायम गरी मनाउन र नगद उपहारबाट लाभान्वित हुन बैंकले अनुरोध गरेको छ ।