एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

यसलाई साझेदारी गर्नुहोस्
  • 5
    Shares

काठमाडौं–नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब नयाँ हो ।

केन्द्रीय बैंकका अनुसार चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

(रासस)


यसलाई साझेदारी गर्नुहोस्
  • 5
    Shares