बुटवलमा एक संक्रमित पुरुषको मृत्यु

यसलाई साझेदारी गर्नुहोस्

बुटवल – रुपन्देहीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका गोलपार्कका ५५ वर्षिय पुरुषको मृत्यु भएको जनाइएको छ ।

असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना भई उपचार गराइरहेकोमा आइतबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

डा. गौतमका अनुसार कोरोना संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।


यसलाई साझेदारी गर्नुहोस्