‘दि भ्वाइस अफ नेपाल-३’मा तिर्सना, डिजिटल अडिसन सुरु

काठमाडौं – गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच परिर्वतन भएको छ । गायिका आस्था राउतले यो वर्ष नभ्याएपछि उनको स्थानमा गायिका तिर्सना गुरुङलाई अनुवन्धित गरिएको हो ।

‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा आफू जोडिन पाउँदा निकै उत्साहित रहेको तिर्सनाले बताइन् । अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ ।

शोमा कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् ।

‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।