नेपाल प्रहरीका डिएसपी केसीको निधन

काठमाडौ – नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक डिएसपी डम्बरबहादुर केसीको निधन भएको छ। केसीको बुधबार राति उपचारका क्रममा नेपाल प्रहरी अस्पत्ताल महाराजगञ्जमा निधन भएको केन्द्रिय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुंवरले जानकारी दिए।

गत पुस २७ गते उपचारका लागी भर्ना भएका डिएसपी केसीले केहि दिन अघि मात्रै कारोनालाई जितेका थिए।

बागलुङ स्थायी ठेगाना भएका केसी लामो समयदेखि आन्द्राको क्यान्सरबाट समेत पीडित थिए। एक सय पाँच टोलीका असई केसी २०६२ सालमा ईन्सपेक्टरमा नाम निकालेका थिए।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग दरवन्दि भएका केसी खानेपानी विकास बोर्डमा काजमा कार्यरत थिए।