आइसिएफसिको सत्रौं साधारणसभा सम्पन्न

काठमाडौं – आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय, टंगालमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत (१०.५ प्रतिशत बोनश शेयर तथा ४.५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

सभाले संस्थाको नियामावली अनुसार संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका तीन जना संचालकहरु रामबाबु पन्त, सुशीलकुमार अर्याल र डा. विरेन्द्र कुमार साहलाई आगामी चार (४) वर्षको लागि सर्वसम्मतबाट संचालकमा चयन गरेको छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक एस.ए.आर.एसोसिएट्सलाई नियुक्त गरेको छ ।

चुक्ता पूँजी रु. ९२ करोड ६५ लाख रहेको यस फाइनान्सले हाल सम्म आफ्नो १८ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र १७ वटा ए.टि.एम. मार्फत ७१ हजार भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालु आ.व. सम्म रु. १४ अर्ब १२ करोड निक्षेप संकलन र रु. ९ अर्ब ९८ करोड कर्जा प्रवाह गरिसकेको छ ।