निर्वाचन आयोगलाई ओलीको ११ पन्ने पत्रः पार्टी विभाजित छैन, प्रचण्ड प्रमुख पदाधिकारी होइनन्

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पत्र पठाउँदै पार्टी विभाजन नभएको जनाएका छन्। उनले आफू प्रथम अध्यक्ष भएकाले आफ्नो पत्र आधिकारिक भएको दाबी गर्दै असम्बन्धित व्यक्ति वा पार्टीबाट पठाएको निवेदन अभिलेखीकरण नगर्न पत्राचार गरेका छन् ।

आयोगले २३ पुसमा पठाएको पत्रको जवाफमा ओलीले आफू प्रथम अध्यक्ष रहेकोले त्यही प्रमुख पदाधिकारीको हैसियतमा आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न निर्वाचन आयोगलाई पत्रमा भनेका छन्।

हेर्नुहोस पत्रको पूर्णपाठ