देशभर थप ४४५ संक्रमित, ४१४ जना कोरोनामुक्त

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५९ हजार ७७२ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय जना रहेका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९३७ पुगेको छ ।