प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाई शुक्रबार

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दा हेर्दैमा गएको छ । बुधबार संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भएको उक्त मुद्दामा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।

यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका थिए ।

इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ।

उक्त मुद्दाको अर्को सुनुवाई आगामी शुक्रबार हुने जनाइएको छ ।