४३ हजार घुससहित आन्तरिक राजश्वका कम्प्युटर अपरेटर कार्यालयबाटै पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटरलाई कार्यालयबाटै पक्राउ गरेको छ ।

अख्तियारका अनुसार ढुंगेधारास्थित टिमुर किचेन रेष्टुरेन्टले बुझाउनुपर्ने करका लागि सहजीकरण गरिदिएबाट ४३०००।– रुपैयाँ घुससहित आन्तरिक राजश्व कार्यालय बालालुका कम्प्युटर अपरेटर राजन शर्मा पक्राउ परेका हुन् ।

अख्तियारले अपरेटर शर्मासहित होटलका सञ्चालक सन्तोष थापा मगरलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।