बृहत पूर्ण इजलाशको माग गर्दै सर्वोच्च पुगे देव गुरुङ

काठमाडौं– संवैधानिक इजालशमा नभई बृहत इजलाशमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइको माग गर्दै नेकपा नेता देव गुरुङ पनि सर्वोच्च अदालत पुगेका छन्।

विघटित प्रतिनिधिसभामा नेकपा संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङसहित रामकुमारी झाँक्रीलगायतले  रिट दायर गरेका थिए।

यसअघि रिट निवेदक वकिलहरुमात्र सहभागी भएकोमा आजको सुनुवाईमा गुरुङ पनि पुगेका हुन् । गुरुङ पूर्व कानुनमन्त्री पनि हुन् ।