नेकपा दाहाल-नेपाल समुहले आज काठमाडौँमा बृहत् कार्यकर्ता भेला गर्दै

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहले आज (बुधबार) काठमाडौँमा बृहत कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवि भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन पश्चात (नेकपा दुइ समुहमा विभाजन भएको छ । विभाजित समुहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल (दाहाल-नेपाल) समुहले संसद विघटन असंवैधानीक भएको भन्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सोहीअनुसार बुधबार दिउँसो नेकपा दाहाल-नेपाल समुहले नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको भेलालाई दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्दै छन् । नेकपाले हिजो गण्डकी प्रदेशमा कार्यकर्ता भेला गरेको थियो ।