पूर्वआइजीपी श्रेष्ठको ‘एक्लै एक्लै सूदुर यात्रामा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं – सशस्त्र प्रहरीका पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको ‘एक्लै एक्लै सूदुर यात्रामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीत संगीतप्रति निकै मोह राख्ने श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् ।

पूर्वआइजीपी श्रेष्ठले निकै पहिला रचना गरेको उक्त गीतमा गायिका अञ्जली राईले स्वर दिएकी छन् भने कल्याण थापाको संगीत रहेको छ ।

दरबारमार्गस्थित रहेको किङ्स लाउन्चमा सामान्य कार्यक्रमबीच शुक्रबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा कशिस दाहाल, बिवेक शाह र बर्षा (आरएल) राणालाई फिचरिङ गरिएको छ ।

म्यूजिक भिडियोलाई संजय पाण्डेले निर्देशन र छायाँकन तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् । 

भिडियोः