नेपाल आयल निगम वार्षिकोत्सवः
२ वर्षभित्र पाइपलाइनबाट पेट्रोल ल्याइन्छः कार्यकारी निर्देशक पौडेल

काठमाडौं – नेपाल आयल निगम ५१ औं वर्षमा प्रवेश गरेको छ । कोरोना महामारीका कारण निगमले ५० वर्ष पूरा गरी ५१ औं वर्षमा प्रवेश गरेको अवसरमा भर्चुअलरुपमा वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले विश्वव्यापी कोरोना भाइरसका कारण निगमले वार्षिकोत्स्व भर्चुअल माध्यमबाट मनाउन गइरहेको जानकारी गराए ।

पौडेलल विश्व अर्थ व्यवस्थामा भएको संरचनात्मक परिवर्तन संगै नेपाल आयल निगमले विभिन्न चूनौतिहरुलार्ई अवसरको रुपमा सदुपयोग गर्दै गत वर्षमै स्वर्ण जयन्ति मनाई ५१ औं वर्षमा प्रवेश गरेको बताए ।

No description available.

स्वागत मन्तव्य दिने क्रममा पौडेलले निगमको विगत र भावी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए । उनले गौरवपूर्ण इतिहास वोकेको यस संस्थाले समयको हरेक आरोह अवरोहसंगै थुप्रै प्राकृतिक तथा आर्थिक संकटको सामना गरेता पनि लक्ष्य प्राप्तिमा रत्तिभर विचलित नभई सदैव उद्देश्य प्राप्तिमा निगम अघि बढ्दै आएको बताए । पौडेलले निगमको प्रमुख दायित्व भनेको आम जनतालाई गुणस्तरीय पेट्रोलियम पदार्थको नियमित रुपमा आपूर्तिद्वारा जीवनलाई सहज बनाउनु नै भएको बताउँदै आपूm र निगमसँग सम्बन्धित सबैले त्यसका लागि जोड दिइरहेको बताए ।

No description available.

पौडेलले पूर्वाधारमा भैरहेको तिव्र विकासले गर्दा पेट्रोलियम पदार्थको माग प्रत्येक वर्ष दुई अङकको दरले बृद्धि हुदै गरेकोले माग र आपूर्ति विच तालमेल कायम गर्न संचयको लागि भण्डारणहरुको विस्तार तथा अन्य भौतिक पूर्वाधारको निर्माण गर्दै जाने नीति स्वरुप यसै आर्थिक वर्षमा गण्डकी प्रादेशिक कार्यालय पोखरा र २ नं. प्रादेशिक कर्यालय अमलेखगञ्जमा भण्डारण गृहको निर्माण र विस्तार तथा झापा र धनुषामा ग्याँस बोटलिङ प्लान्ट र भण्डारण निर्माण, अमलेखगञ्ज–चितवन लोथर पेट्रोलियम पाइपलाइन, सिलगुढी–झापा पाइपलाइन निर्माण, झापाको चारआलीमा भण्डारण गृह निर्माण तथा नेपालगञ्ज र धनगढीमा भण्डारण क्षमता अभिबृद्धिको लागि जग्गा प्राप्ती जस्ता कार्यको शुभारम्भ गरि पूर्वाधार विकासमा विशेष जोड दिएको बताए ।

उनले हाल संचालनमा रहेको मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइन मार्फत पेट्रोल समेतको आयात गर्ने प्रक्रिया सुरु भएको जानकारी समेत दिए । त्यस्तै निगमले मेकानिकल लकिंगबाट डिजिटल लकिंग,टैंक–टकहरुको नियमित अनुगमन,डिलरहरुको डिजिटल नक्सांकन गर्ने कार्यको सुरुवात गरिएको बताउँदै निगमको सवै कार्यलाई व्यवस्थित वनाउन माघ १ गते देखि निगमको देशभर रहेका सम्पूर्ण कार्यालयमा सिसिटिभी तथा विद्युतीय हाजिरी प्रणाली सुरु गर्न लागेको पनि बताए ।

No description available.

पेट्रोलियम पाइपलाइन मार्फत हाल डिजल मात्र आयात भइरहेको परिप्रेक्ष्यमा अवको २ वर्ष भित्र पाइपलाइनबाट पेट्रोल समेत ल्याउने तयारी गरिएको बताउँदै पौडेलले एल.पि. ग्याँसको ढुवानीका लागि इण्डियन आयल कर्पोरेशनको वितरण केन्द्रलाई नेपाली सिमा नजिकको लोकेशनबाट आयातको व्यवस्था मिलाउन आवश्यक कार्य सुरु गरिएको बताए ।