फिल्म ‘संस्कार’ का लागि अस्मीता र निशानको स्वर

यसलाई साझेदारी गर्नुहोस्

काठमाडौं । कोरोनाभाइरसको संक्रमणपछि रोकिएको फिल्म छायाँकन कहिले खुल्छ भन्ने अझै निश्चित छैन । तर, फिल्म भने धमाधम घोषणा गर्न थालिएको छ ।

यसैक्रममा किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समावेश ‘चितवनको एअरपोर्ट’ बोलको गीत समेत बुधबार रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ ।

दिनेश कुँवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशकै हो । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्ने बताइएको छ । तिहारपछि सुटिङ गरिने भिनएाके ‘संस्कार’मा मनोरञ्जनका साथै समाजोपयोगी सन्देशसमेत रहने निर्माता दिनेशले जानकारी दिए ।

फिल्मको सह–निर्मातामा राजु अधिकारी, सुमन तेन्जल र हरि भण्डारी रहेका छन् । तनहुँ, पोखरा र बिरगञ्जमा खिचिने भनिएको फिल्ममा दिनेश प्रमुख भूमिकामा रहने छन् भने अन्य कलाकारको चयन प्रक्रिया जारी रहेको बताइएको छ ।


यसलाई साझेदारी गर्नुहोस्