यी खानेकुराबाट शरीरमा कोरोनाविरुद्ध प्रतिरक्षा बढान सकिन्छ - onlinenews7 - सातै प्रदेशको पहरेदार

खोजी गर्न टाइप गर्नुहोस् *

स्वास्थ्य-शिक्षा

यी खानेकुराबाट शरीरमा कोरोनाविरुद्ध प्रतिरक्षा बढान सकिन्छ

साझेदारी *

काठमाडौं । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । शरीरलाई छिटै रोगले आक्रमण गर्नसक्छ ।रोगसँग लड्ने क्षमता बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ । त्यसका लागि लसुन, अदुवा, बदाम, बेसार र अमिला फलफूल खानु उपयुक्त हुन्छ । खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शरीरको रोग–प्रतिरोधक क्षमता बढाउने तत्व हुन्छ । अदुवाले शरीरमा इन्फ्लेमेसन घटाउन पनि सघाउँछ ।

बदाम प्रोटिन र मिनरल्सको राम्रो स्रोत हो । दैनिक ८–१० दाना बदाम खानाले प्रतिरक्षा प्रणाली बजबुत राख्न मद्दत पुग्छ । तरकारीमा बेसारको प्रयोग रंग र स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ । बेसारले हामीलाई ओस्टियोपोरोसिस ९हड्डीको कमजोरी०, ब्लड प्रेसरजस्ता विभिन्न रोगबाट बचाउँछ ।

बेसारमा हुने कर्क्युमिन तत्व एक राम्रो एन्टिअक्सिडेन्ट हो । यसले शरीरको प्रतिरक्षा शक्ति बढाउँछ । सबैजसो अमिला फलमा भिटामिन सी पाइन्छ । भिटामिन सीले शरीरमा डब्लुबिसीको मात्रा बढाउन मद्दत गर्छ । यसबाट शरीरको रोगसँग लड्ने क्षमता बढ्छ ।

Comments

एक टिप्पणी छोड्नुहोस् *

Your email address will not be published. Required fields are marked *

अर्को