कोरोनाको हटस्पट प्रदेश २ : केन्द्रलाई गाली गर्दै दिन कटाउँदै प्रदेश सरकार - onlinenews7 - सातै प्रदेशको पहरेदार

खोजी गर्न टाइप गर्नुहोस् *

स्वास्थ्य-शिक्षा

कोरोनाको हटस्पट प्रदेश २ : केन्द्रलाई गाली गर्दै दिन कटाउँदै प्रदेश सरकार

साझेदारी *

प्रदेश २ मा सरकार गठन भएको अढाई वर्षभन्दा बढी भइसक्यो, तर अझैसम्म सरकारले अपेक्षित गति लिन सकेको छैन । त्यसैले, अहिले विपक्षी दलका नेताहरु मात्र नभएर सत्तापक्षकै नेताहरुले समेत सरकारको राजीनामा माग गर्न थालेका छन् । यद्यपि, सरकारबारे जब–जब आलोचना हुनेगर्छ, प्रदेश २ सरकार जहिले पनि संघीय सरकारलाई देखाएर पन्छिने गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले भन्ने गरेका छन्, ‘यहाँ न हाम्रो शासन छ, न प्रशासन छ । न पुलिस छ, न सिडियो छ । अनि कसरी काम गर्ने ? हामीले जे जति काम गरेका छौँ, आफ्नो बलबुतामा गरेका छौँ ।’

अहिले कोरोनाको महामारी प्रदेश २ मा भयावह हुँदै गइरहेको छ । ‘यस्तो किन भयो ? कसको कमजोरी र लापरवाहीले भयो ?’ भनेर सरोकारवालाहरुसँग प्रश्न गर्दा उनीहरुले त्यसको सिधा दोष संघीय सरकारलाई लगाउँछन् । ‘हाम्रो हातमा केही छैन, हामी एकजना कर्मचारीलाई पनि चलाउन सक्दैनौ अनि यो अवस्थामा कसरी काम गर्न सक्छौँ ?,’ उनीहरुको भनाइ छ । संघीय सरकारले कुनै सहयोग नगरेको कारण यस्तो अवस्था भएको उनीहरु बताउँछन् । ‘भेन्टिलेटर छैन । पीसीआर टेस्ट गर्ने मेसिन छैन । जनशक्ति छैन । अस्पताल छैन । भएका अस्पतालको अवस्था दयनीय छ,’ उनीहरु बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य रामकुमार शर्मा भन्छन्, ‘अहिलेसम्म प्रदेश २ सरकारबारे कुनै सरसल्लाह, सुझाब वा आलोचना गर्दा आफ्ना सबै कमी कमजोरी संघीय सरकारको टाउकोमा थोपरेर आफ्नो जिम्मेवारीबाट पन्छिने र आफ्नो अयोग्यतालाई लुकाउने काम भइरहेको छ ।’ आफ्नो गल्ती कमी कमजोरी स्वीकार गरेर अघि बढ्न प्रदेश सरकारमा समस्या देखिएको बताउँदै उनले हरेक कुरामा संघीय सरकारलाई देखाएर पन्छिने कामले दीर्घकालमा काम नलाग्ने बताए ।

संघमाथि समस्या देखाउनुभन्दा आफूले नै उदाहरणीय काम गरेर आम नागरिकलाई संघीयताको अनुभूति दिलाउँदै केन्द्रीय सरकारलाई चुनौती दिने गरी प्रदेश सरकारले काम गर्नुपर्नेमा अहिले पनि संघलाई गाली गर्दैमा प्रदेश सरकारको समय बितिरहेको उनले बताए ।

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका युवा नेता एवम् प्रदेश सांसद मनिष सुमनले पनि प्रदेश सरकारले भनेको कुरामा २५ प्र

Comments

एक टिप्पणी छोड्नुहोस् *

Your email address will not be published. Required fields are marked *